अन्तर्राष्ट्रिय

नेपालजस्तै मेक्सिकोमा पनि जेनजी आन्दोलन, राष्ट्रपतिकै भवन भत्काए, प्रहरी र आन्दोलनकारी भिडे (भिडियोसहित)


काठमाडौं— मेक्सिकोका सडकमा युवाहरूको एउटा पुस्ता गर्जिएको छ— ‘जेन–जी’, जसले विश्वभर समानता, न्याय र पारदर्शिताका नाममा आवाज उठाउँदै आएको छ । त्यही पुस्ताले शनिबार मेक्सिकोका सहरहरुमा इतिहासकै सबैभन्दा उग्र प्रदर्शन ग¥यो । कसैको हातमा ढुङ्गा, कसैको हातमा लाठी, कसैको हातमा साङ्लो । यो कुनै राजनीतिक पार्टीको खेल थिएन, यो त अपराधको जरो उखेल्ने सङ्कल्प बोकेको पुस्ताको विद्रोह थियो ।
प्रहरी र प्रदर्शनकारीबीच भीषण झडप भयो । एकातिर प्रहरीमाथि ढुङ्गामुढा, लाठी प्रहार र साङ्लो आक्रमण भयो भने अर्कोतिरबाट अश्रुग्यास, ढाल–डन्डा र भीड नियन्त्रणका लागि बल प्रयोग गरियो । क्रोध र नियन्त्रणको यो युद्ध घण्टौँसम्म चलिरह्यो । प्रहरीका अनुसार मेक्सिको सिटीमा सरकारविरुद्ध भएको प्रदर्शनका क्रममा भएको झडपमा १ सय जना प्रहरीसहित कम्तीमा १२० जनाभन्दा बढी घाइते भएका छन् ।