खेलकुद

NPL 2 : जनकपुर र काठमाडौं कसको शक्ति कति ? कोचदेखि खेलाडीसम्मको तुलना (भिडियोसहित)


काठमाडौं— मंसिर १ गते सोमबार अपराह्न चार बजे सबै नेपाली क्रिकेट प्रेमीको ध्यान त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा भइरहेको खेलमा हुनेछ । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको उद्घाटन खेल, त्यसमाथि पनि इतिहासमा नै पहिलो पटक त्रिवि क्रिकेट स्टेडियममा हुने रात्रीकालीन खेलले सबैको ध्यान तान्ने पक्का छ । पहिलो दिनका लागि खोलिएका सबै टिकट बिक्री भइसकेको हुँदा साविक विजेता जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाजका समर्थकले स्टेडियम खचाखच हुने निश्चित भइसक्यो । गत वर्षको उपाधि विजेता जनकपुरले काठमाडौंसँग भिड्दै गर्दा पुरानै लयलाई कायम राख्दै उपाधिमा आफ्नो दाबेदारी प्रस्तुत गर्ने लक्ष्यमा हुनेछ । उपाधि रक्षा गर्नुपर्ने चुनौती रहेको जनकपुरले विदेशी खेलाडी र प्रशिक्षकमा पनि ठूलठूला नाम अनुबन्ध गरेको छ ।