राजनीति

कल्याण श्रीमानको रापताप, जेनजीले चिन्दैनन्, कसको बलमा प्रधानमन्त्री बन्ने चर्चा, अग्निले लपेटे (भिडियोसहित)


काठमाडौ— जेनजी आन्दोलन हाइज्याक गर्ने सुधन गुरुङदेखि भित्री योजनकार बालेन शाहसम्म एक्सपोज भइसके । तर, एकजना यस्ता पात्र छन्, जो बालेनभन्दा पनि भित्रिया खेलाडी हुन् । अहिलेका विद्रोही जेनजीले उनलाई चिन्दा पनि चिन्दैनन् । तर, आन्तरिक राजनीतिदेखि मित्रशक्तिले मज्जैले चिन्छन् । बालुवाटार र दलका बैठकमा उनको नाम उच्चारण हुन्छ । पटक–पटक ठूला र महत्वपूर्ण काम गर्नु परे उनकै चर्चा चल्छ । उनकै नाम उच्चारण हुन्छ । उनी हुन्– पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ । जेनजी पुस्ताका लागि यो नाम रहस्यमय हुनु स्वभाविक पनि हो । किन कि उनको कार्यकाल २०७२ सालमै सकिसकेको थियो । तर, १० वर्षयता पृष्ठभागमा रहेर किङमेकर भूमिका निभाएका श्रेष्ठ अहिले भने खुलेरै अग्रमोर्चामा देखिन थालेका छन् । उनको सक्रियताको पटाक्षेप यहाँसम्म भएको छ कि अब उनी नै प्रधानमन्त्री बन्ने चर्चासम्म चलाइएको छ ।

https://youtu.be/mrefULknjV4?si=Ql02pKAvweE6U-bJ