काठमाडौं— नेपाल प्रहरीको ३३औँ प्रहरी महानिरीक्षक (आईजीपी) को पदभार ग्रहणपछि सम्बोधन गर्ने क्रममा दानबहादुर कार्की यसरी भक्कानिए कि उनी केहीबेर स्तब्ध बने । केही बोल्न खोज्दै थिए तर, उनको मुखबाट कुनै शब्द निस्किएन । भावुक बनेका उनले आशु पुछे र स्वर कमाईकमाई सम्बोधनलाई अगाडि बढाए । राष्ट्र र नागरिक सेवाका क्रममा वीरगति पाएका योद्धाप्रति श्रद्धाञ्जलि अर्पण गर्ने क्रममा उनी भक्कानिएका थिए ।
गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीको (आईजीपी) मा नियुक्त गरेपछि कार्कीले बिहीबार दज्र्यानी चिह्न प्राप्त गरे । गृह मन्त्रालयमा आयोजित समारोहका बीच गृहसचिव रामेश्वर दङ्गालले नवनियुक्त प्रहरी महानिरीक्षक कार्कीलाई दज्र्यानी चिह्न प्रदान गरेका हुन् । यसअघि अतिरिक्त महानिरीक्षक (एआईजी) भएर काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुखको जिम्मेवारीमा रहेका कार्कीले अब देशभरका करिब ८० हजार प्रहरीको कमान्ड सम्हाल्ने जिम्मेवारी पाएका छन् ।
देश


प्रतिक्रिया