देश

भीम रावल नेपाली कम्युनिष्ट पार्टीमा समाहित हुँदै


काठमाडौं— नेकपा एमालेबाट निस्कासनमा परेपछि ‘मातृभूमि राष्ट्रिय जागरण अभियान’ सुरु गरेका नेता डा. भीम रावल नेपाली कम्युनिष्ट पार्टीमा समाहित हुने भएका छन । रावल काठमाडौंमा आयोजना हुने औपचारिक कार्यक्रममार्फत् नेपाली कम्युनिस्ट पार्टीमा आबद्ध हुन लागेको नेताहरुले बताएका छन् ।

दिउँसो २ बजे राष्ट्रिय सभा गृहमा कार्यक्रम राखिएको छ । कार्यक्रमलाई नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्ड, सहसंयोजक माधवकुमार नेपाल र अभियानका संयोजक भीम रावलले सम्बोधन गर्ने तयारी छ ।

गत साता भृकुटीमण्डपमा आयोजित १० दलको एकता घोषणा समारोहमै रावललाई आबद्ध गराउने तयारी थियो । यद्यपि, थप छलफल आवश्यक भएको भन्दै रावल एकता घोषणा सभामा सहभागी थिएनन् । रावललाई पार्टीमा छैटौं बरियता दिने समझदारी छ ।

राष्ट्रियताको मुद्दालाई प्रमुखताको साथ उठाउने लगायतका समझदारी रहेको नेताहरूले बताएका छन् । ०००