काठमाडौं— चौध महिना लामो सत्ता सहयात्रा गरेर सरकार चलाएका कांग्रेस–एमालेको गठबन्धन ४८ घण्टासम्म बालकोटको बार्दली जल्दासमेत कायम थियो । तर, सत्ता टिकाउन सातबुँदे सहमतिमा लाहाछाप लगाएका दुई पात्रमध्ये एक शेरबहादुर देउवा जेनजी आन्दोलनका क्रममा आक्रमणमा परेपछि सिंगापुर हानिएसँगै एमाले–कांग्रेसको समीकरण टुटेको छ । कांग्रेस–एमालेको समीकरण टुट्नुमा जेनजी आन्दोलनको भूमिका रहे पनि पछिल्लो समय एमालेले असंवैधानिक सरकारले निर्वाचन गराउन सक्दैन भन्दै संसद् पुनःस्थापनाको पक्षमा उभिनु पनि हो । उता कांग्रेस भने निर्वाचनमा होमिन तयार भएको छ । कांग्रेसका महामन्त्री गगनकुमार थापाले फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनबारे द्विविधा नराख्न आग्रह गर्दै सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् । प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा सम्पन्न सर्वदलीय बैठकमा पार्टीको तर्फबाट निर्वाचनमा जाने निर्णय स्पष्ट रूपमा प्रस्तुत गरिसकेको र केन्द्रीय कार्यसम्पादन समितिको निर्णय पनि निर्वाचनमा जाने भएको महामन्त्री थापाले स्पष्ट पारेका छन् ।
राजनीति


प्रतिक्रिया