राजनीति

झाँक्री र ओली नै दंग, घर फर्किएपछि किसान–‘गल्ती भो’, ओलीले जेनजीका मन्त्रीलाई थर्काए (भिडियोसहित)


काठमाडौं— कुनै समय एमाले अध्यक्ष केपी शर्मा ओलीलाई ‘कागजी बादशाह’को संज्ञा दिँदै चर्को आलोचना गरेकी रामकुमारी झाँक्री, अहिले उनै ओलीलाई देवत्वकरण गर्न तयार देखिएकी छन् । ओलीको हुकुमी कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै एमालेबाट विद्रोह गरी एकीकृत समाजवादी गठन गरेका माधवकुमार नेपाललगायतका नेताहरू हालै अर्कै कम्युनिस्ट घटकसँग मिलेर नेपाली कम्युनिस्ट पार्टीमा सामेल भएपछि असन्तुष्ट झाँक्री लगायतका नेताहरु भने एमालेमै फर्किएका हुन् । एकीकृत समाजवादी गठनका बेला माधव नेपाललाई हातमा समाएर डो¥याउँदै निर्वाचन आयोग पुगेकी झाँक्रीले अहिले भने तिनै माधवको साथ छोडेकी छन् । आफ्नो राजनीतिक अस्तित्व जोगाउन झाँक्री एमालेमा फर्कन बाध्य भएको विश्लेषण हुने गरेको छ । उनीलगायत नेताहरूलाई बाजागाजासहित झण्डा साटासाट गरेर एमालेमा स्वागत गरियो ।