काठमाडौं— भ्रष्टाचार नियन्त्रण र सुशासनजस्ता आफ्ना मूल एजेन्डा र मागहरूलाई सशक्त रूपमा उठाउँदै आएको जेन–जी आन्दोलनभित्र गम्भीर मतभेद र विभाजन देखिएको छ । आन्दोलनकै एक समूहले केही जेन–जी समूहहरू राजनीतिक दल, आईएनजीओ र एनजीओबाट सञ्चालित भएको र उनीहरूले आन्दोलनका मूल मुद्दालाई कमजोर पार्ने प्रयास गरिरहेको गम्भीर आरोप लगाएको छ । आइतबार काठमाडौंमा आयोजित ‘ऐतिहासिक जेन–जी आन्दोलन र परिवर्तनको मार्गचित्र’ विषयक गोष्ठीमा बोल्दै आन्दोलनका प्रतिनिधिहरूले केही समूहको विभाजनकारी र स्वार्थी प्रवृत्तिका कारण जेन–जी आन्दोलनको औचित्यमाथि नै शंका उत्पन्न हुन थालेकोप्रति चिन्ता व्यक्त गरे । कार्यक्रममा जेन–जी प्रतिनिधि अबिन मयाङ्बोले भ्रष्टाचार नियन्त्रण र सुशासन कायम लगायत मूल मुद्दा लिएर आन्दोलन सुरु गरिएको भए तापनि केही जेन–जी समूहहरू सत्ताकै पछि दौडिरहेको आरोप लगाए । जेन–जी आन्दोलनले उठाएका मागहरू पूरा गर्न आफूले एकताका लागि आह्वान गर्दा पनि कुनै समूह वा व्यक्ति सहभागी नभएको भन्दै उनले आक्रोश व्यक्त गरे ।
देश


प्रतिक्रिया