काठमाडौं— यो दृष्य हो चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको विस्तारित बैठकको हो । बैठकको दोस्रो दिन कोशी प्रदेश समितिले उठाएका प्रश्नको पार्टी नेतृत्वले जवाफ नदिएको भन्दै वैठक वहिस्कार गर्ने सम्म्को चेतावनी एिका छन् । चितवनमा दुई दिन मन्थन गरेको रास्वपाका कोशी प्रदेशका सदस्यहरुले यस्तो धम्की दिएपछि चितवनका एक सदस्यले प्रतिवाद गर्दा बैठकमै भनाभन भएको थियो ।
यता, तोसिमा कार्की र निशा डाँगीले समेत आफूहरुलाई बोल्न नदिएको भन्दै प्रतिवाद गरेका छन् । तोसिमा पछिल्लो समय पार्टी लाइनमा रहेको भन्दै चर्चा हुने गरेको छ । डाँगी भने संस्थापक महामन्त्री मुकुल ढकालको निकट मानिन्छिन् । सभापति रवि लामिछानेको बचाउ गर्नुपर्ने निर्देशनात्मक प्रतिवेदनको समेत उनीहरु विपक्षमा रहेको बताइन्छ । सभापति लामिछाने जेलमा रहेका कारण उनी बिना चलेको बैठकपछि नेता विराजभक्त श्रेष्ठ र मनिष झा ‘बल्ल प¥यो निर्माया माकुली जालैमा’बोलको गितमा नाचेको दृश्य अझ बढी चर्चामा छ । पार्टी कार्यसूचीमै नाचगानको कार्यक्रम राखेको थियो ।
देश


प्रतिक्रिया