देश

आन्दोलन चर्काएर सदन ब्यूँत्याउने ओली नीति, कांग्रेसको मौन साथ, शीतलनिवासलाई पनि ललकारे (भिडियोसहित)

योहो संवाददाता

काठमाडौं— प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रिपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा विघटन गरेपछि दलहरु पुनस्र्थापनाको पक्षमा छन् । देखिने गरी अग्रपंत्तिमा चाहिँ नेकपा एमाले छ । त्यसै अन्तरगत एमालेले शनिबार मात्रै देशभरका ७५३ स्थानीय तहका ६ हजारभन्दा बढी वडामा जन भेला गरेको छ । गएको शनिबार भक्तपुरको गुण्डुमा बसेको एमाले सचिवालय बैठकले संसद् पुनस्र्थापना,संविधानको रक्षा र लोकतन्त्रको जगेर्नाका लागि भन्दै जनभेला र प्रदर्शन गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार एमालेले कात्तिक २२ गते वडा भेला सम्पन्न गरेको हो भने अब संसद् पुनस्र्थापनाको जनदबाव दिन २५ गते पालिका भेला, २० गते जिल्लामा जनसभा र मंसिर ६ गते काठमाडौँमा बृहत् जनसभा गर्ने तयारीमा छ । प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दा अदालतमा नै भए पनि एमाले अध्यक्ष केपी शर्मा ओलीले संसद् पुनःस्थापना अदालतले नगरेको खण्डमा राष्ट्रपतिले नै गर्नु पर्ने जिकिर गरेका छन् । राष्ट्रपति आफैले असंवैधानिक ढङ्गले प्रतिनिधि सभा विघटन गरेकाले संविधानको संरक्षक र पालक दुवै राष्ट्रपति नै भए हुँदा पुनस्र्थापना पनि राष्ट्रपतिले नै गर्नुको विकल्प नरहेको उनको तर्क छ ।