राजनीति

न्यूयोर्कमा कान्छो मेयर ३४ वर्षीय मम्दानीको तहल्का, ट्रम्पको घेरा चिर्दै बने मेयर, काला र आप्रवासीले जिताए (भिडियोसहित)


काठमाडौँ । जोहरान मम्दानी ३४ वर्षको उमेरमा अमेरिकाको सबैभन्दा ठूलो सहर न्युयोर्कको पहिलो मुस्लिम मेयरमा निर्वाचित भएका छन् । राष्ट्रपति डोनाल्ड ट्रम्पको राजनीतिक घेराबन्दीलाई चिर्दै उनले सबैभन्दा कान्छो मेयर बनेर इतिहास रचेका छन् । यसका साथै उनी मेयर बन्ने पहिलो दक्षिण एसियाली मूलका तथा अफ्रिकामा जन्मेका व्यक्ति पनि हुन् । को हुन् नवनिर्वाचित मेयर मम्दानी र उनका सामु के–कस्ता चुनौतीहरू छन् ?