राजनीति

ओली एक्लाएर प्रचण्डले मिलाए दश दल, अब एक नम्बर पार्टी बन्ने, वामदेवको फुर्ती : एक करोड कार्यकर्ता (भिडियोसहित)


काठमाडौँ । नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीसहित दश वाम घटक मिलेर औपचारिक रुपमा ‘नेपाली कम्युनिस्ट पार्टी’को औपचारिक घोषणा गरिएको छ । आज भृकुटीमण्डपमा आयोजित एकता राष्ट्रिय सम्मेलनले २३ बुँदे घोषणापत्र र ९ बुँदे प्रस्तावसमेत पारित गरेको छ । सभालाई सम्बोधन गरेका नेताहरूले नयाँ दल गठनको उद्देश्य र वाम एकताको विषयमा आ–आफ्ना धारणा व्यक्त गरे, जहाँ सबै नेताहरूको जोड वाम एकतामा नै देखियो ।