अन्तर्राष्ट्रिय

फिलिपिन्समा भीषण आँधी: १ सयभन्दा बढीको मृत्यु


काठमाडौँ । फिलिपिन्समा आएको शक्तिशाली टाइफुन कल्मेगी आँधीका कारण एक सयभन्दा बढीको मृत्यु भएको छ । आँधीका कारण हजारौ मानिस घरबारविहीन भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

मुख्यगरी सेबु प्रान्तमा ठूलो वर्षा र बाढीका कारण ४९ जनाको मृत्यु भएको र ७५ जना अझै बेपत्ता भएका बीबीसीले जनाएको छ । मंगलवार बिहान प्रवेश गरेको आँधीले झन्डै १३० किलोमिटर प्रतिघण्टासम्मको हावा र मुसलधारे वर्षा गराएको थियो ।

घरहरूमा पानी पसेर मानिसहरू छानामा आश्रय लिन बाध्य भएका छन् । उद्धारका लागि पठाइएको एक सैन्य हेलिकप्टर समेत दुर्घटना हुँदा चालक दलका ६ जनाको मृत्यु भएको छ ।

फिलिपिन्सको राष्ट्रिय विपद् व्यवस्थापन एजेन्सीका अनुसार चार लाखभन्दा बढी मानिस विस्थापित भएका छन् ।