काठमाडौं— नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहितका नौ वाम घटकबीच आज पार्टी एकता घोषणा हुँदैछ । माओवादी केन्द्र, एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी, नेकपा (समाजवादी), जनसमाजवादी पार्टी, नेपाल, नेपाल कम्युनिष्ट पार्टी, नेकपा (माओवादी समाजवादी) र नेकपा (साम्यवादी)सहितका समूह एकतामा सहभागी हुनेछन् ।
काठमाडौँको भृकुटीमण्डपमा आज दिउँसो १ बजे एकता राष्ट्रिय सम्मेलन आयोजना गरिएको छ । सम्मेलनबाट पार्टी एकता घोषणा, घोषणापत्र र विधान पारित गर्ने तयारी छ । एकता घोषणापछि पार्टीको संयोजकमा पुष्पकमल दाहाल (प्रचण्ड) र सहसंयोजकमा माधवकुमार नेपालको नाम घोषणा गरिने भएको छ ।
पार्टीको मार्गदर्शक सिद्धान्त भने माक्र्सवाद, लेलिनवाद हुने सहमति छ ।


प्रतिक्रिया