काठमाडौं— जेनजी आन्दोलनपछि अपदस्त भएका दलहरु पुनर्गठनसहित जनतामा जानुुपर्नेमा आन्तरिक कलहले फुट्न थालेका छन् । नयाँ र विकल्प भनिनेहरुका लागि यो मौका भए पनि उनीहरु समेत तीव्र व्यक्तिगत महत्वाकांक्षाका कारण एक हुन सकिरहेका छैनन् । अर्कोतर्फ एकताको नाममा देखिएको पार्टी फुटको श्रृंखला अझ रोचक छ । माओवादीले माओवाद छोड्दा जनार्दन शर्मा र एकीकृत समाजवादीले जनताको बहुदलीय जनवाद (जबज) छोड्दा घनश्याम भुसाल र झलनाथ खनाल लगायतले छुट्टै बाटो तय गरेका छन् । यता ४० वर्षदेखिको सहयात्रा टुंग्याउँदै माओवादी फुटाएका उपमहासचिव जनार्दन शर्माले प्रगतिशील अभियान घोषणा गरेका छन् । पुष्पकमल दाहाल (प्रचण्ड) ले माओवादलाई तिलाञ्जली दिँदै माधव नेपालको नीतिमा आत्मसमर्पण गरेकाले पार्टी छोड्नु परेको शर्माले तर्क गरेका छन् ।
देश


प्रतिक्रिया