काठमाडौं— माओवादकै नाममा १० वर्ष सशस्त्र द्वन्द्व गरेर शान्तिपूर्ण राजनीतिमा अवतरण गरेका नेकपा माओवादीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले अन्ततः माओवादलाई तिलाञ्जली दिएका छन् । माक्र्सवाद–लेनिनवादलाई पार्टीको मार्गदर्शक सिद्धान्त बनाउन तयार भएपछि प्रचण्ड माओवादबाट विमुख भएका हुन् । जेनजीको एजेण्डा स्वीकार गर्दै माओवादीलाई सुधार्न लागिपरेका प्रचण्ड अहिले पार्टी पुनर्गठन भन्दा नयाँ शक्ति निर्माणमा जुटेका छन् । माओवादीको गिर्दाे लोकप्रियताबाट आफ्नो राजनीतिक भविष्य पनि जोखिममा देखेका प्रचण्डले नेकपा एमाले इतर खुद्रे र टुक्रे कम्युनिस्टहरूलाई सङ्गठित गरेर नयाँ शक्ति निर्माणमा जुटेका हुन् । जसमा नेकपा एकीकृत समाजवादीसहित आठ वाम घटकलाई साथमा लिएर अघि बढ्ने सम्झौता गरेका उनले आफ्ना कटु आलोचक रहेका देशभक्त समाजवादी मोर्चाका अध्यक्ष गोपाल किरातीलाई पनि एकतामा सामेल गरेका छन् । पार्टीभित्र उठेका विषयलाई बेवास्ता गर्दै अन्य दलहरूसँग एकता गर्न अग्रसर भएका प्रचण्ड वैचारिक छलफलबाट भागेका छन् । तर, उनी त्यसलाई सङ्कटकाबीच समाजवादी क्रान्तिको नाम दिइरहेका छन् ।
देश


प्रतिक्रिया