काठमाडौं— हस्ताक्षर अभियानको अपार सफलतापछि नख्खु प्रकरणले धक्का बेहोरेको रास्वपा फेरि तङ्ग्रिन खोज्दै छ । स्थापनाकालको छोटो समयमै राष्ट्रिय दल बनेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ‘जेनजी’ आन्दोलनको दोस्रो दिन नख्खु कारागारबाट बाहिरिनु रास्वपा र स्वयं लामिछानेका लागि भारी प¥यो । कारागारबाट बाहिरिएर पुनः कारागार नै फर्किए पनि रवि र रास्वपामाथि संकटको कालो बादल मडारिरहेको छ । सभापति रवि लामिछानेको ड्यामेज कन्ट्रोलपछि वैकल्पिक शक्तिहरूलाई समेट्ने अभियान चलाएको रास्वपालाई नयाँहरूले नै नपत्याएपछि रास्वपाले अब कुन बाटो समाउला ? भन्ने प्रश्न उठिरहेको छ । रास्वपाले नयाँ दल र नयाँ शक्तिलाई पार्टीमा भित्र्याउने कोसिस नगरेको होइन, तर रास्वपाका ती सबै प्रयास विफल भएका छन् । नयाँ विकल्प भनिएका धरानका मेयर हर्क साम्पाङले नयाँ दल दर्ता गरे, कुलमान घिसिङले पनि पार्टी खोल्ने तयारी गरेका छन् । घिसिङ नेतृत्वको दलमा रास्वपा छाडेकी सुमना श्रेष्ठ, सागर ढकालहरू सहभागी हुने भएका छन् । आगामी फागुन २१ गते हुने चुनावी प्रयोजनका लागि दल दर्ता गर्न कात्तिक ३० गतेसम्मको समयावधि तोकिएको छ । कुलमान नेतृत्वको पार्टीले ‘जेनजी’ युवाहरूलाई पार्टीमा भित्र्याउने रणनीति बनाइरहेको छ ।
राजनीति


प्रतिक्रिया