राजनीति

बालेनले मध्यरातमा लेखेर डिलिट गरेको ‘अश्लील’ स्टाटसको स्क्रिनसट भाइरल


काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले शनिबार मध्यराति लेखेर डिलिट गरेको एउटा स्टाटसको स्क्रिनसट सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।

अमेरिका, भारत र चीनसहित नेपालका राजनीतिक दलहरूलाई गाली गर्दै अंग्रेजीमा लेखेको त्यस स्टाटसमा बालेनले अश्लील शब्द प्रयोग गरेका थिए । उनले स्टाटसमा अमेरिका, भारत र चीन तथा नेकपा एमाले, नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वप), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा र माओवादीलाई गाली गरेका छन्।

अनि सबै मिले पनि केही गर्न नसक्ने भनेका छन्। शनिबार राति ११ बजेर ५६ मिनेट जाँदा लेखेको त्यो स्टाटस उनले केही बेरपछि नै हटाए। तर सामाजिक सञ्जाल प्रयोगकर्ताले स्क्रिनसट गरेर सामाजिक सञ्जालमा भाइरल गरेका छन् ।