देश

बालेन जोगाउन सुशीलाको पत्र, ओमप्रकाश कसका ? मन्त्री भेट्न राजदूतको लर्को, जेनजीले नै उठाए प्रश्न (भिडियोसहित)


काठमाडौं— प्रधानमन्त्री सुशीला कार्कीले आफूमाथि चौतर्फी हमला हुँदा दबाब महसुस गरेकी छन् । सरकार बनेको छोटो समयमै विभिन्न आरोप प्रत्यारोपको सामना गर्नु परिरहेको अवस्थामा उनलाई तनाव थपिएको हो । बुधबार जेनजी र दलका प्रतिनिधिहरूसँगको छलफलमा आफू दबावमा रहेको सङ्केत गरेकी उनले बिहीबार विज्ञप्ति नै निकालेर त्यसको पुष्टि गरिन् । उनले बुधबारको छलफलमा आफू कुनै रहरले प्रधानमन्त्री नबनेको भन्दै जेनजी युवाहरू घरैमा आएर धर्धरी रुँदै अभिभावकत्व लिइदिन आग्रह गरेको बताकी उनले निर्दोष बालबालिको टाउकोमा गोली लागेर ढलेको सम्झिएर केहीगर्ने अठोटका साथ नेतृत्वमा आएको बताएकी थिइन् । उनले आफ्नो सरकारमाथि लागेको विदेशी हस्तक्षेपका आरोपको पनि खण्डन गरेकी छिन् । हुन त यो खण्डन नयाँ हौइन हरेक छलफलहरुमा विदेशी हस्ताक्षेपबारे कार्कीले स्पष्टीकरण दिँदै हिँड्नुपरेको छ । बालुवाटारमा अबेर राति विदेशी राजदूतसँग भेटघाट गरेको खण्डन गर्दै गलत भाष्य निर्माण गरेर आफूलाई तर्साउनका लागि त्यस्ता आरोप लगाएको दाबी गरिन् । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह बालेनकै समर्थनमा प्रधानमन्त्री बनेकी कार्कीलाई अहिले उनै बालेन समेत टाउको दुखाई बनेको छ । गृहमन्त्रीलाई हटाउन बालेनले दिएको दबावको खण्डन गर्दै मन्त्री बनाउने वा हटाउने अधिकार प्रधानमन्त्रीको हुँदा कसैको दबाव वा प्रभावमा नपर्ने विज्ञप्ति मार्फत स्पष्ट पारेको छ । मन्त्रिमण्डलमा कसलाई सामेल गर्ने वा कसलाई हटाउने भन्नेमा बालेनले हस्तक्षेपकारी भूमिका खेलेको आरोप लागिरहँदा प्रधानमन्त्रीको सचिवालयबाट यस्तो विज्ञप्ति आएको हो । यी सबै घटनाक्रमले शक्तिशाली भएर काम गर्ने पर्ने प्रधानमन्त्री आफै रक्षात्मक बनेको सन्देश दिएको छ ।