देश

आतंक मच्चाउँदै दुर्गा, देश ठप्प पार्ने चेतावनी कसको बलमा ? पूर्वराजाको पनि साथ ? पक्रन छलफल (भिडियोसहित)


काठमाडौं— जेनजी आन्दोलनको घुसपैठबाट प्रताडित समाज बिस्तारै लयमा आउन खोज्दा दुर्गा प्रसाईंले फेरि आतंकित पार्न थालेका छन् । कहिले आन्दोलनको घोषणा र कहिले रद्द, कहिले नेपाल बन्द गर्ने चेतावनीत कहिल्यै ग्यास, तेलको जोह गर्नु भन्नेजस्ता गतिविधिले समाजमा आतंक सिर्जना गरेको छ । नागरिकहरु भयभित भएका छन् । प्रसाईंले यो एक साताको बीचमा दई पटक यस्ता अभिव्यक्ति दिइसकेका छन् । सुरुमा प्रसाईंले कात्तिक १५ पछि आन्दोलन घोषणा गरेका थिए । आफ्ना मागसहित सरकारलाई ज्ञापनपत्र बुझाएका प्रसाईंले काठमाडौं उपत्यकाका तीनवटै प्रमुख जिल्ला अधिकारीसँगको बैठकपछि तत्काल कुनै आन्दोलन नरहेको बताएका थिए । त्यसलगत्तै प्रसाईंले फेरि मंसिर ७ गते आन्दोलन घोषणा गरेका छन् । मंसिर सात त्यही दिन हो दुई वर्षअघि २०८० सालमा प्रसाईंले यही मितिमा काठमाडौंको बल्खुमा देशभरबाट सहकारी र लघुवित्तपीडित भेला पारेर शक्तिप्रदर्शन गरेका थिए । तर, दिनदिनै जनमानसलाई हतास पार्ने अभिव्यक्ति दिँदा समेत सरकारले भने उनलाई रेड कार्पेट बिछ्याइरहेको छ । प्रसाईंबाट यूतै जोखिम देखेर प्रधानमन्त्री सुशीला कार्कीलाई नै भेटेर प्रसाईंलाई तत्काल पक्राउ गर्न समेत माग गरेका थिए । तर, गृहमन्त्री ओमप्रकाश अर्यालले हिम्मत नदेखाउँदा दुर्गाको शक्ति झनै बढेको छ । दुर्गाले बरु बालेनलाई नै आफूकहाँ शरण माग्न आउनुपर्ला भन्दै जवाफ फर्काएका छन् ।