देश

उदाउँदो सूर्यलाई अघ्र्य दिएर यस वर्षको छठ पर्व समापन


काठमाडौं — उदाउँदो सूर्यलाई अघ्र्य दिएर यस वर्षको छठ पर्व समापन गरिएको छ । शनिबार सुरु भएको छठपर्व आज बिहानै उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि समापन भएको हो ।

छठघाटमा रातभर जाग्राम बसेर व्रतालुहरुले बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएका हुन् । व्रतालुहरूले सोमबार छठको मुख्य दिन अस्ताउँदो सूर्यलाई अघ्र्य दिएका थिए ।

मिथिला क्षेत्रका साथै काठमाडौंको गुह्येश्वरीस्थित गौरीघाट र कमलपोखरी लगायतका ठाउँमा धुमधामका साथ छठ पर्व मनाइएको छ ।