देश

‘कवाडी मन्त्री’ महावीर पुनको एक महिना, मन्त्रालयमै बास बसेर के–के भयो उपलब्धि ? चर्चादेखि विवादसम्म (भिडियोसहित)


काठमाडौं— जेनजी आन्दोलपछि बनेको अन्तरिम सरकारका एक जना यस्ता मन्त्री छन्, जसलाई आम सर्वसाधारणले सोझो मन्त्री भनेर टिप्पणी गर्छन् । आफ्नो जीवनीको किताब बेचिरहेको अवस्थामा एक्कासी शिक्षा मन्त्री बनेका ती पात्र हुन् महावीर पुन । मन्त्रालयको जिम्मेवारी सम्हालेदेखि नै उनी चर्चाको शिखरमा छन् । उनको सरल स्वभाव र शैलीका साथै सहज उपलब्धताका कारण मिडियाकर्मीकोे फ्रेममा सधैँ जसो अटाउँदै आएका छन् । तर, अन्तरिम सरकार गठन भएको डेढ महिना बितिसक्दा मन्त्री पुनको यो अवधि के कति उपलब्धिमूलक रह्यो भन्ने चासो पनि उत्तिकै छ । मन्त्री बनेको पहिलो दिनमै उनले आफूलाई कसैले मन्त्री नभन्नु, भन्ने साह्रै रहर लागे ‘कवाडी वैज्ञानिक मन्त्री भन्नु होला’ भन्दै फेसबुकमा लेखे । गत असोज ६ गते पदभार ग्रहण गरे लगत्तै उनले विज्ञान तथा प्रविधि क्षेत्रसँग सम्बन्धित चार वटा सल्लाहकार समिति गठन गर्ने निर्णयमा हस्ताक्षर गरे । मन्त्रालयको जिम्मेवारी सम्हालेपछि पुनले आफ्नो बसाईको व्यवस्था मन्त्री क्वाटरमा नभई केशर महलस्थित शिक्षा मन्त्रालयकै एउटा कोठामा गर्न निर्देशन दिए । अहिले उनी मन्त्रालयकै एउटा कोठामा बस्दै आएका छन् ।