काठमाडौं— ‘जेनजी आन्दोलन’ पछि बनेको अन्तरिम सरकारको महत्त्वपूर्ण मन्त्रालय सम्हालेका कुलमान घिसिङ, एक सफल प्रशासक कहलिएका कारणले सत्तामा पुगे । यातायात तथा भौतिक पूर्वाधार मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ र सहरी विकास गरी ३ मन्त्रालय सम्हालेका मन्त्री कुलमान घिसिङ पछिल्लो समय अलमलमा देखिन्छन् । शुरुआती दिनहरूमा निकै सक्रिय देखिएका उनी पछिल्लो समय के गर्दै छन् त ? नेपालमा लोडसेडिङ अन्त्य गर्ने नायकका रूपमा परिचित घिसिङ ‘जेनजी’ आन्दोलनपछि मन्त्री बनेसँगै देश दौडाहामा व्यस्त छन् । हेर्दा व्यस्त देखिने मन्त्री घिसिङलाई तीनवटा मन्त्रालयको जिम्मेवारी छ, तर उनको सक्रियता जति बढेको छ, त्यसअनुसार परिणाम दिन भने सकिरहेका छैनन् । त्यसैले पहिलोपटक मन्त्री बनेका घिसिङलाई जिम्मा पाएका सबै मन्त्रालय हाँक्न भारी परेको त होइन ? भन्ने प्रश्न उब्जिएको छ । यता, यातायात तथा भौतिक पूर्वाधार मन्त्रालयको जलेको कार्यालयदेखि लाइसेन्स केलाउँदैमा अल्मलिएका मन्त्री घिसिङलाई हितेन्द्रदेव शाक्यलाई प्राधिकरणबाट हटाउन जति सजिलो भयो, अरू काम गर्न त्यति सजिलो भइरहेको छैन । विपद्का बेला सबैभन्दा बढी सक्रिय भएर अवरुद्ध भएका राजमार्ग खुलाउनदेखि बाढीपहिरो पीडितका गुनासो सुन्न इलामसम्म पुगेर नागरिकलाई सान्त्वना दिने सकारात्मक भूमिका खेले, तर संघीय सरकारका मन्त्री इलाम पुग्दा प्रदेश सरकारले भने उनलाई वास्ता गरेन ।
समाचार


प्रतिक्रिया