काठमाडौं — जेन–जी पुस्ताले काठमाडौंको माइतीघरमा सामूहिक भाइटीका मनाएको छ । गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाहरूको सम्झनामा जेनजी पुस्ताले माइतीघरमा सामूहिक भाइटीका मनाएको हो ।
जेनजीहरु माइतीघर पुगेर दिवंगत सहभागीप्रति श्रद्धाञ्जली अर्पण गर्दै सहअस्तित्व, एकता र न्यायको सन्देश दिने उद्देश्यले सामूहिक भाइटीका मनाएको जनाइएको छ ।
माइतीघर पुगेकाहरुले ज्यान गुमाएका शहीदहरुको तस्विरमा माला टीका लगाई आन्दोलनमा बलिदान भएका सहपुस्ताप्रति सम्मान प्रकट गरेका थिए ।


प्रतिक्रिया