काठमाडौं — जेन–जीको विद्रोहपछि अप्रत्याशित ढंगले गृहजस्तो महत्त्वपूर्ण मन्त्रालयको कमाण्ड सम्हाल्ने अवसर पाएका ओमप्रकाश अर्याल अहिले आफ्ना प्रत्येक कदमहरू आफैँमाथि ‘ब्याकफायर’ भएका कारण चौतर्फी दबावमा छन् । आन्दोलनकारी जेन–जी पुस्तादेखि कांग्रेस–एमाले जस्ता दलहरूले नै उनको कार्यशैलीले कानुनी राजको धज्जी उडाइरहेको आरोप लगाइरहेका छन् । गृहमन्त्री अर्यालले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई पूर्ण रूपमा सक्रिय बनाएर ठुल्ठूला नेताको सम्पत्ति छानबिन सुरु गरेपछि यसअघिका ऊर्जामन्त्री दीपक खड्का भागेको बताएको दुई दिनपछि नै खड्का बुढानीलकण्ठस्थित जलेको निवासबाट सार्वजनिक भएका छन् । उनी सार्वजनिक मात्र भएनन्, गृहमन्त्रीलाई ठाडो चुनौती दिँदै आफूले कुनै गलत काम नगरेको र भाग्नुपर्ने त्यस्तो केही कारण नै नभएको समेत बताए । गृहमन्त्रीले ‘भागे’ भन्नुको अर्थ राज्यले खड्कामाथि अनुसन्धान थाल्दा उनी डराएर कानुनबाट बच्न खोजेको भन्ने लाग्छ । तर, खड्का आफ्नै निवासबाट सार्वजनिक भएर गृहमन्त्री अर्याललाई लल्कारेका छन् ।
देश


प्रतिक्रिया