काठमाडौं— निर्वाचित सरकारलाई ढालेर अन्तरिम सरकार गठन गराएको जेनजी समूहकै मागबमोजिम फागुन २१ गतेका लागि चुनाव तय भएको छ । चुनावको मिति तय भएसँगै निर्वाचन आयोगले पनि कार्यतालिका सार्वजनिक गरेर मतदानका लागि आवश्यक तयारी गरिरहेको छ । नेकपा एमालेबाहेकका अन्य दलहरू पनि चुनावकेन्द्रित बहसमा उत्रिसकेका छन् । तर, चुनावी माहोलमा सरकारदेखि राजनीतिक दलहरू लागिसक्दा आन्दोलनको उपलब्धि रक्षा गर्नुपर्ने जिम्मेवारी बोकेको जेनजी समूहले भने अहिलेसम्म दल दर्ता गर्ने आँट गरेको छैन । च्याउसरी उम्रिएका जेनजीका नेतृत्वकर्ताहरूले देश सुधार्न विदेशमा रहेका नेपालीले पनि भोट गर्न पाउनुपर्छ भन्दै गर्दा, छिन्नभिन्न भएका जेनजीहरूमाझ कसलाई विश्वास गर्ने भन्ने अन्योल छाएको छ ।
देश


प्रतिक्रिया