अक्टोवर १४ तारिख मंगलवारका दि बेलायत स्थित ग्रिनविच विश्वविद्यालयमा सम्पन्न नेपाल एजुकेशन अवार्ड २०२५ बेलायत मा मनास्लु वल्ड कलेजले वेस्ट + प्लस्टु फर एकेडेमिक एक्सिलेन्स (Best +2 for Academic Excellence Award 2025) ले सम्मान गरिएको हो । वेलायतका लागि नेपालका राजदुत चन्द्र कुमार घिमिरेको प्रमुख अतिथि र ग्रिनविच विश्वविद्यालयका उप कुलपति प्राोफेसर जेन ह्यारिङटनको विशेष अतिथि रहेको उक्त कार्यक्रममा मनास्लु वल्ड कलेजका तर्फवाट अध्यक्ष गेन्द्र लामाले सम्मान ग्रहण गरेका थिय ।
साथै नेपालका विभिन्न शैक्षिक संस्थाहरूले समेत विभिन्न बिधारुमा सम्मान पायको थियो । यस अवार्ड कायक्रमको चौथो संस्करलाई वेलायत स्थित ग्रिनविच कलेजको सहकार्यमा कलेज रिडर्सले आयोजना गरेको हो ।
उक्त कार्यक्रममा नेपालका उत्कृष्ट शैक्षिक संस्थाहरूको उपस्थिति रहेको थियो । विभिन्न विधागत रूपमा उत्कृष्टता र मुल्याङकनको आधारमा यस अवार्ड वितरण गरिएको निर्णायक मण्डलका प्रमुख मधेश विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. दिपक बहादुर शाक्यले बताए । यस प्रकारका कार्यक्रमले नेपालको शैक्षिक क्षेत्रको उन्नयन हुने प्रमुख अतिथिले बताए । मनास्लु वल्ड कलेजले स्थापना छैठौं वर्षमै समग्र शैक्षिक क्षेत्रमा अग्रणी भुमिका निभाउन सफल रहेको छ।


प्रतिक्रिया