Breaking

बालेनसँग मास्टरमाइण्ड रवि,सत्ता ढाल्ने षड्यन्त्र बेकार,स्वर्णिमको मुखुण्डो उत्रियो,विज्ञता नै बदनाम (भिडियो सहित)

योहो संवाददाता

सरकार बनेको चार महिना भएको छैन, रास्वपाकै नेतृत्वमा अर्काे सरकार बनाउनुपर्ने कुरा आइसक्यो ।

आजमात्रै नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा बादलले रवि लामिछानेकै नेतृत्वमा सरकार पुनर्गठन गर्न सुझाव दिए । नत्र सुनामी आउने चेतावनी दिएर चर्किए ।

यो सुझाव कसले दिइरहेको छ थाहा छ– जो झण्डै एकबर्षअघि सत्ताबाट लखेटिएका थिए ।
युवा मार्ने र देश खरानी पार्ने काम गरेका थिए । जसलाई ३५ बर्षसम्म आतंक मच्चाएर अपराध गरेको कसुरमा ज्यान जोगाउनकै लागि भाग्नुपरेको थियो । त्यसले आज बालेन सरकार पुनगर्ठन गर्नुपर्ने सुझाव दिएर त्यही पार्टीको अर्काे कित्तालाई उचाल्न खोजिरहेको छ ।