काठमाडौं— आइसिसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्समा नेपालले आज घरेलु टोली ओमानसँग खेल्दैछ । ओमानलाई हराएमा नेपालको आगामी टी–२० विश्वकपमा चयन लगभग पक्का हुने मात्र होइन, उपाधिकै नजिक पुग्ने छ । नेपाल समग्रमा तेस्रो र लगातार दोस्रो पल्ट टी–२० विश्वकप खेल्ने अभियानमा छ ।
खेल अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ १ मा बेलुका ८स्४५ बजेदेखि सुरु हुनेछ ।
अहिले ओमान र नेपाल समान छ अंकमा छन् । यद्यपि ओमान रन अन्तरले शीर्ष स्थानमा छ । हेड टु हेडमा ओमानभन्दा नेपाल धेरै अगाडि छ । यी दुई टिमबिच अहिलेसम्म भएका सात खेलमा नेपालले पाँच र ओमानले दुई खेल जितेको छ ।
सुपर सिक्स चरणका खेलहरूमा नेपालको अविश्वसनीय पुनरागमनले विश्वभरका क्रिकेट प्रेमीलाई चकित बनाइदिएको छ । यूएई र कतारविरुद्ध हारको मुखबाट फर्काउँदै नेपालले जित हात पारेपछि अन्तर्राष्ट्रिय मञ्चमा नेपाली क्रिकेटको चर्चा चुलिएको छ ।


प्रतिक्रिया