काठमाडौं— गत भदौको अन्त्यतिर भएको जेन–जी आन्दोलनपछि मुलुकमा अस्थिरताको जोखिम बढेको छ । जेन–जी विद्रोहपछि प्रतिनिधिसभा विघटन भएको छ भने काँग्रेस–एमाले नेतृत्वको सरकार अपदस्थ भई पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भएको छ । तर, काँग्रेस–एमाले अझै पनि चुनावका लागि तयार नहुनु, वर्तमान सरकार सीमित दायरामा रहनुपर्ने बाध्यता र जेन–जी पुस्ताका आकांक्षाहरू बढ्दै जाँदा मुलुकमा अस्थिरताको खतरा थप बलियो बन्दै गएको जानकारहरू बताउँछन् ।
जेन–जी आन्दोलनपछि विकसित परिस्थितिलाई नजिकबाट नियालिरहेका विज्ञ तथा निजी क्षेत्रका प्रतिनिधिहरूले मुलुकमा देखिएको अस्थिरता र असुरक्षाका कारण लगानीको वातावरण बिग्रिनुका साथै पुँजी पलायनको समेत खतरा बढेको बताएका छन् । उनीहरूका अनुसार, आन्दोलनका क्रममा निजी क्षेत्रका सम्पत्तिमाथि आक्रमण हुँदा लगानीकर्तामा त्रास बढेको छ र तत्काल थप लगानी आउने सम्भावना देखिएको छैन । देश द्वन्द्वतर्फ अघि बढेमा पुँजी पलायन हुने निश्चित रहेको उनीहरूको भनाइ छ ।
देश


प्रतिक्रिया