काठमाडौं— सत्ताको रापतापका साथ राजनीतिक जीवन बिताइरहेका दलका शीर्षस्थ नेताहरू जति अहिले आफ्नो आगामी राजनीतिक भविष्यलाई लिएर चिन्तित छन्, त्योभन्दा बढी आफ्नै ज्यानको सुरक्षालाई लिएर गम्भीर छन् । त्यसैले जेनजी आन्दोलनपछि प्राय शीर्ष नेताहरूले निर्वाध रुपमा बाहिर निस्कनै बन्द गरिसकेका छन् । त्यसमा पनि पूर्वप्रधानमन्त्रीहरूले स्वीकृत मापदण्डभन्दा बढी राखेका सुरक्षाकर्मी फिर्ता भएपछि उनीहरूले झन् असुरक्षित महसुस गरिरहेका छन् । जुन कुरा उनीहरूका नेता कार्यकर्ताले दिन अभिव्यक्तिबाट थाहा पाउन सकिन्छ । शुक्रबार शीतल निवासमा भएको सर्वदलीय बैठकमा नेताहरूको सुरक्षार्थ खटिएका सुरक्षाकर्मीलाई फिर्ता बोलाएकोमा नेकपा एमाले महासचिव शङ्ककर पोखरेलले असन्तुष्टि व्यक्त गरे । महासचिव पोखरेलले आन्दोलनपछि नेताहरूको सुरक्षा चुनौती थप बढेको भए पनि सुरक्षाकर्मीलाई फिर्ता बोलाएर नेताहरू मार्न खोजेको हो ? भन्दै गृहमन्त्रीमाथि प्रश्न तेस्र्याएका थिए । साथै एमालेको सचिवालय बैठकमा पनि नेताहरूको सुरक्षाको विषयले प्राथमिकता पाएको थियो । कांग्रेस सभापति शेरबहादुर देउवा दम्पतीमाथिको प्रहारमा प्रधानमन्त्री सुशीला कार्कीसमेत संवेदनशील नबनेको भन्दै सरकारबाट आफूहरु असुरक्षित महसुस गरिरहेको निष्कर्ष छ ।
देश


प्रतिक्रिया