Breaking

सबै २० जीवित बन्धकलाई हमासले छोड्यो, विपिनको अवस्था अज्ञात


हमासको कब्जामा रहेका जीवित बचेका सबै २० बन्धक दुई वर्षपछि रिहा भएका छन्। हमासले महत्वपूर्ण युद्धबिराम सम्झौता भएसँगै आज सबै जीवित बन्धक मुक्त गरेको हो। बन्धक मुक्त हुने दिन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पनि इजरायल आइपुगेका छन् ।

इजरायली सेनाले गाजामा रहेका सबै २० जना जीवित बन्दकहरू इजरायललाई हस्तान्तरण गरिसकेको पुष्टि गरेको छ। यी बन्दकहरू सन् २०२३ अक्टोबर ७ को आक्रमणका क्रममा हमासले दक्षिण इजरायलबाट अपहरण गरेको थियो।

यसैबीच, हमासले इजरायलबाट बन्धक बनाएर लगेका नेपाली विद्यार्थी विपिन जोशी “जीवित रहेको प्रमाण फेला नपरेको“ औपचारिक जानकारी दिईएको इजरेलस्थित नेपाली राजदूत धनप्रसाद पण्डितले बताउका छन्।

बन्दकहरूको सट्टामा इजरायलले २५० जना प्यालेस्टिनी कैदी र १ हजार ७०० भन्दा बढी बन्दीहरूलाई मुक्त गर्नेछ। बन्दीहरुको मुक्तिसँगै डोनाल्ड ट्रम्प अहिले इजरायली संसद्लाई सम्बोधन गर्न लागेका छन्।

लगतै उनी इजिप्ट प्रस्थान गर्ने कार्यतालिका रहेको छ। जहाँ उनले हमाससँगको शान्ति सम्झौतालाई पूर्णता दिनका लागि २० देशका प्रतिनिधिहरुसँग छलफल गर्दै छन्।