काठमाडौं — गृहमन्त्री ओमप्रकाश अर्यालले अपेक्षित काम गर्न नसक्दा रास्वपा कार्यकर्ताहरुले रवि लामिछानेको पक्षमा माहोल बनाइरहेका छन् । बिगतमा हाइप्रोफाइल नेताहरुका फाइल खोल्ने हिम्मत देखाएको भन्दै कतिपयले अहिलेको अवस्थामा लामिछानेको आवश्यकतासम्मै देखाइरहेका छन् । तर, जेनजी आन्दोलनले प्रधानमन्त्री बनाउने अपेक्षाले जेलबाट निस्किएको अपजस अझै सकिएको छैन । बरु १४ हजार कैदी रविकै कारण भागेको आरोप लाग्छ । तर, रास्वपा भने कार्यकर्ताहरुको सेन्टिमेन्ट अनुसार नै पार्टीको पक्षमा माहोल बनाउन अग्रसर भएको छ । त्यसअनुसार उसले सचिवालय बैठकमा धेरै नयाँ रणनीति बनाएको छ । सबैभन्दा पहिले आफूहरुले उठाईरहेकै एजेण्डालाई जेनजीहरुले सार्थकता दिएको भन्दै आगामी चुनावको तयारीमा लागेको छ । निर्वाचन आयोगले दलहरुलाई छलफलमा नबोलाएकोमा रुपष्ट देखिए पनि जनादेश परीक्षण गर्ने तयारीमा जुटेको छ । जेनजीहरुलाई छुट्टै पार्टी नखोलन आह्वान गर्दै पार्टीमै ठाउँ दिनेसम्मका रणनीतिमा रास्वपा देखिएको छ ।
देश


प्रतिक्रिया