काठमाडौं — जेनजीले भन्दाभन्दै पनि सरकारले लगाम लगाउन नसक्दाको परिणाम, अब समाज भाँड्ने मुख्य पात्र एमाले अध्यक्ष केपी शर्मा ओली बनेका छन् । पाँच मिनेटले बाँचे भन्दै काठमाडौंको डाँडा काटेर हेटौंडा पुगेका ओली शहीद परिवारको आँशु पुुछिन नपाउँदै एक महिनापछि हँसिलो अनुहार र आक्रोशित मुद्रामा देखिएका छन् । देश खरानी हुनुमा सबैभन्दा बढी जिम्मेवार ओली छन् । किनकी उनले सरकारको नेतृत्व गरेका थिए । उनकै नेतृत्व रहँदा २२ जना जेनजीको छाती र कन्चटमा गोली दागियो । ७६ जना मारिनुमा पनि उनी नैतिक जिम्मेवार हुुन् । तर, आन्दोलनलाई आन्दोलन भन्दैनन् । युवा शक्तिलाई आतंककारी भन्छन् । मानवीयता भन्ने कुरै छैन । आजसम्म ओलीले मारिएका ती जेनजीप्रति श्रद्धाञ्जलीसम्म दिएका छैनन् । तर, के गर्नु जेनजीको दबाबका बाबजुद पनि गृहमन्त्री ओमप्रकाश अर्यालको निरिहताले ओलीको भड्काउ बहादुरी गुुण्डुबाट प्रदर्शन भइरहेको छ । पहिलो पटक ओलीले सरकारमाथि धावा बोलेका छन् ।
देश


प्रतिक्रिया