विश्वमै उदाहरण बनेर दुई दिनमा नै देशको राजनीतिमा उथलपुथल ल्याइदिएको जेनजी पुस्ताको आन्दोलन भएको एक महिना बित्यो । देशमा व्याप्त रहेको भ्रष्टाचार हटाउन भन्दै शान्तिपूर्ण आन्दोलनमा आएका नवजवान युवाहरूको छाती र टाउकोमा राज्यले गोली बर्षाउँदा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नै पनि ज्यान बचाउन सेनाको शरणमा पुग्न बध्य भए । जेनजीहरूको आन्दोलनले छोटो समयमा नै उनीहरूले चाहे अनुरुप नेतृत्वको सरकार त पायो । तर, पुराना दल र नेताहरूलाई घुडा टेकाउन सफल भएका जेनजीहरू आफैँ छिन्नभिन्न भएका छन् । आफँैले बनाएका गृहमन्त्री पनि जेनजीका एजेण्डामा प्रष्ट र दह्रो गरी खुट्टा टेक्न नसकिरहेको अवस्था छ । आन्दोलनमा भूमिका नै नभएका जेनजी सत्ताखेलमा लाग्दा वास्तविक जेनजी अहिले पनि कि त अस्पतालको शैयामै छन् । न त सरकारसँग उनीहरुको सम्पर्क नै छ ।
देश


प्रतिक्रिया