समाचार

जेनजी आन्दोलनका प्रत्येक शहीद परिवारलाई रोजगारी दिने चौधरी ग्रुपको घोषणा


काठमाडौं– चौधरी ग्रुपले जेनजी आन्दोलनमा राज्यबाट शहीद घोषणा गरिएका प्रत्येक परिवारलाई एक जनाका दरले रोजगारी प्रदान गर्ने घोषणा गरेको छ। शहीद परिवारको सामाजिक तथा आर्थिक सबलीकरण गर्दै राष्ट्र निर्माणमा सहभागी गराउने उद्देश्यले यो विशेष कार्यक्रम ल्याइएको चौधरी ग्रुपले जनाएको छ ।

यस पहलले जेनजी शहीद परिवारलाई आत्मनिर्भरताका साथ जीवनयापन सहज बनाउन तथा राष्ट्र निर्माण प्रति सहभागी गराउन सहयोग पुग्ने विश्वास यस ग्रुपले लिएको छ ।

जेनजी आन्दोलनका शहिदप्रति चौधरी ग्रुपको तर्फबाट हार्दिक श्रध्दाञ्जलि एवं परिवारजनप्रति गहिरो समवेदनाका साथ उच्च सम्मान ब्यक्त पनि व्यक्त गरेको सामाजीक सञ्जाल फेसबुक मार्फत जनाएको छ ।

उक्त आन्दोलनका क्रममा आफ्नो निजी निवास, कार्यालय, शोरूम र कारखानाहरूमा भएको ठूलो क्षति र विध्वंसले आफुलार्इृ गहिरो पिडा दिएको पनि बताएको छ । चौधरी ग्रुपले दृढ आत्मविश्वासका साथ पुनःनिर्माणको यात्रामा अघि बढ्ने प्रतिवद्धता पनि जनाएको छ ।