समाचार

बाढीले बगायो मेची करिडोरका पुल


काठमाडौँ । बाढीले मेची करिडोरका पुल बगाएको छ । केचना–कञ्चनजंघा सडकखण्डमा रहेको माईखोलाको बेलासे पुल, पुवा खोलाको पुल र जोगमाई पुल बाढीले बगाएको हो ।

त्यस्तै मेची राजमार्गमा इलामदेखि पाँचथरसम्म कम्तीमा ३० भन्दा बढी ठाउँमा ठूलो–सानो पहिरो गएको छ । पहिरोका कारण मेची राजमार्ग बन्द भएको सडक विभागले जानकारी दिएको छ ।