Breaking

परराष्ट्रमा कुटनीतिक विज्ञ खोज्दै सुशीला, भारत र अमेरिका हाबी, कसरी मिल्छ चीनसँगको सन्तुलन ? (भिडियोसहित)


काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषदले अझै पूर्णता पाउन सकेको छैन । दोस्रो पटक पटक मन्त्रिपरिषद विस्तार भए पनि परराष्ट्र, पर्यटन, स्वास्थ्य लगायतका महत्वपूर्ण मन्त्रालय अझै नेतृत्वविहीन छ । राजनीतिक उथलपुथलपछि सङ्क्रमणकालीन अवस्थाबाट गुज्रिरहेको मुलुक थप भू–राजनीतिक चपेटामा धकेलिने भय कायम छ । त्यसमाथि नेपालस्थित कूटनीतिक नियोगहरूको अस्वाभाविक सक्रियताले थप संशय पैदा गरेको छ । यस्तो संवेदनशील अवस्थामा विदेश नीति सम्हाल्ने परराष्ट्रमन्त्री को बन्लान् भन्नेमा आम चासो बढेको छ ।