काठमाडौं । काठमाडौंको काष्ठमण्डप नजिकै बिहान करिब साढे ४ बजेदेखि लागेको आगो अझै नियन्त्रणमा आइसकेको छैन ।
काठमाडौं महानगरपालिका–२२ भिमसेनस्थानस्थित मोहन शाहको २ तले घरको कपडाको गोदामबाट आगलागी सुरु भएको भएको । आगलागी भएका तीनवटा घर र मन्दिर आगोको चपेटामा परेका छन् ।
नेपाली सेना र काठमाडौं–भक्तपुरमा उपलब्ध अन्य ९ वटा दमकल र तीन वटा पानी ट्यांकीबाट आगो नियन्त्रणको प्रयास भइरहेको छ ।


प्रतिक्रिया