काठमाडौं— सामाजिक सञ्जाललाई आफ्नो प्रमुख हतियार बनाएर बालेन्द्र शाह (बालेन) काठमाडौं महानगरपालिकाको प्रमुख पदमा आसीन छन् । महानगर प्रमुख भइसकेपछि पनि उनको लोकप्रियतामा कमी आएको छैन, बरु सामाजिक सञ्जालमा उनको प्रभाव झनै लोभलाग्दो छ । उनले फेसबुकमा गर्ने एउटा पोस्टमा केही समयभित्रै लाखौँको पहुँच पुग्ने गर्छ । तर, सामाजिक सञ्जालमा उनलाई अधिक प्रेम गर्नेहरूको भीड बढिरहँदा उनीसँग पुराना र निकट सम्बन्ध भएकाहरू भने टाढिँदै गएका छन् । बालेन प्रमुख भइसकेपछि सामाजिक सञ्जालमा उनलाई पछ्याउनेहरूले वाहवाही गरे पनि जो व्यक्तिहरू महानगर प्रमुख हुनुभन्दा अघिदेखि नै उनको साथमा थिए, उनीहरूसँग बालेनको सम्बन्ध बिग्रँदो छ । राहुल शिवाकोटी, यो नाम धेरैका लागि अपरिचित हुन सक्छ, तर बालेनले यो नाम र व्यक्तिलाई वर्षौंदेखि चिन्छन् । राहुल शिवाकोटी ती व्यक्ति हुन्, जसले बालेनलाई काठमाडौंको मेयर बनाउन अग्रपंक्तिमा रहेर काम गरेका थिए । पेशाले कला क्षेत्रमा आबद्ध राहुल बालेनका आफन्त पनि हुन् । तर, उनै राहुल अहिले बालेनको कार्यशैलीविरुद्ध बोल्न बाध्य भएका छन् । बालेनले नै घोषणा गरेको कामबारे सभ्य भाषामा सम्झाउँदा आफ्नै मान्छे भएर पनि उनको सम्बन्ध बिग्रिएको छ । प्रख्यात स्वर्गीय ¥यापर यम बुद्धको मूर्ति बनाउने बालेनकै पुरानो घोषणा पूरा गर्न सुझाव दिँदा उनको बालेनसँगको सम्बन्ध चिसिएको हो ।
देश


प्रतिक्रिया