समाचार

युलेन्स स्कुलको व्यवस्थापन समितिको अध्यक्षबाट आरजु राणाको राजीनामा


काठमाडौं— निवर्तमान परराष्ट्रमन्त्री तथा कांग्रेस नेतृ आरजु राणा ले युलेन्स स्कुलको व्यवस्थापन समितिको अध्यक्षबाट राजीनामा दिएकी छिन् । काठमाडौं र ललितपुरको दुवै स्कूलबाट उनले राजीनामा दिएको बताईएको छ ।

राणा व्यवस्थापन समितिको अध्यक्ष रहेको युलेन्स स्कुल गत २४ भदौको जेनजी आन्दोलनको शिकार बनेको थियो । भीडले आरजुको स्कुल’ भन्दै युलेन्सलाई निशाना बनाएको थियो । उक्त स्कुलमा तोडफोड र आगजनी भएको थियो ।

स्कुल जलेर पूर्णरुपमा नष्ट भएको छ ।