काठमाडौँ — काठमाडौँ उपत्यकाबाट दशैँका लागि आफ्नो थातथलो फर्किनेको संख्या बढेको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार पछिल्लो २४ घण्टामा ५६ हजार यात्रु बाहिरिएका छन्।
उपत्यका ट्राफिक प्रवक्ता प्रहरी उपरीक्षक दीपक गिरीका अनुसार असोज १ गतेयता चार लाख १० हजार ९९४ जनाले उपत्यका छाडेका छन् । यो अवधिमा ६५ हजार ३९९ सवारी बाहिरिएका छन्। यो बिचमै तीन ६ हजार ९ सय ३७ सवारी र तीन लाख ६०२ जना उपत्यका भित्रिएका छन् । दशैँको वेला १५ लाखभन्दा बढी मानिसले उपत्यका छाड्ने गर्छन् ।
उपत्यकाको कलंकी, बल्खु, जडीबुटी, जगाती, चाबहिल, नयाँ बसपार्क, बालाजु, माछापोखरीलगायत स्थानमा घर फर्किने यात्रुको बाक्लो उपस्थिति हुने गरेको छ । अहिले काठमाडौं उपत्यकासँग जोडिएका सबै सडकमा सवारीसाधनको चाप बढेको छ ।
ट्राफिक प्रहरीले बसपार्कसहितका क्षेत्रमा सहायता कक्ष समेत राखिएको छ ।


प्रतिक्रिया