देश

रवि छोडेर बालेन बोक्ने बाबुराम, सुशीलाको सत्ता सूत्रधार, पार्टीको नेतृत्व छोडे, अब छोरी कि श्रीमती ? (भिडियोसहित)


काठमाडौं— गणतन्त्र ल्याउनेमध्येका एक नेतृत्वदायी भूमिकामा रहेका नेता एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपाल समाजवादी पार्टीको अध्यक्ष पदबाट राजीनामा दिनुको कारण खुलाएका छन् । बुधबार पद त्याग गरेका उनले बिहीबार पत्रकार सम्मेलन गरी स्पष्टीकरण दिएका हुन् । नयाँ पुस्ताको चाहनाअनुसार ‘जेनजी’ आन्दोलनको मागलाई कदर गर्दै नेतृत्वमा युवालाई ल्याउने हेतुले राजीनामा दिएको उनले बताएका छन् । नयाँ पुस्ताले पुराना नेतालाई नरुचाएकै कारण नेतृत्वमा बसिरहन नैतिकताले नदिएको उल्लेख गरेका उनले युवालाई बाटो खुला गरिदिएको स्पष्ट पारे । ‘जेनजी’ आन्दोलनको सुरुदेखि नै समर्थन गर्दै आएका बाबुराम आफ्नो घर जलाउँदा पनि ‘जेनजी’प्रति सकारात्मक नै छन् । यो विद्रोहको औचित्यलाई सार्थक बनाउनकै लागि भए पनि नेतृत्वमा बस्न नमिल्ने उनको तर्क छ ।