देश

ओली–लेखक पक्राउ गर्न सुशीलामाथि चौतर्फी दबाब, आयोग नकुर्न जेनजीको दबाब, के छ प्रमाण ? (भिडियोसहित)


काठमाडौं— जेन–जी आन्दोलनमा युवाहरूमाथि बर्बरतापूर्वक गोली बर्साउँदै नरसंहार मच्चाउने निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखक नै हुन् भन्दा फरक नपर्ला । मुलुकमा व्याप्त भ्रष्टाचार र बेथिति विरुद्ध आवाज उठाउँदै सडकमा ओर्लिएका नवजवान युवाहरूमाथि ताकी–ताकी टाउको र छातीमा गोली हानियो, जसमा १९ जना युवाले ज्यान गुमाए । केपी ओली र हतियारधारी कमान्डर रमेश लेखकले जसरी जनताको रगतमाथि होली खेले, यस्तो त पञ्चायती शासक र जहानियाँ राणाहरूले पनि खेलेका थिएनन् । प्रत्येक जीवन अनुपम र अमूल्य हुन्छ, तर एक दिनको प्रदर्शनमा यति ठूलो मानवीय क्षति नेपालको कुनै पनि आन्दोलनमा भएको थिएन । चार जना युवाको शहादतमा एक सय चार वर्षे राणा शासन ढलेको थियो । तीस वर्षे पञ्चायती कालरात्रिको अन्त्य गर्न २०४६ सालको परिवर्तनका लागि करिब दुई महिना चलेको आन्दोलनमा १९ जना शहीद भएका थिए । त्यस्तै, २४० वर्षे शाहवंशीय राजतन्त्रलाई २०६२÷६३ मा बिदा गर्दा पनि २३ जनाले शहादत प्राप्त गरेका थिए । तर, २०८२ भदौ २३ मा एकै दिन १९ जना युवाको बलिदानी भयो ।