समाचार

मन्त्री कुलमानका बोल्ड सात निर्णय, नागढुंगा सुरुङ खुल्ने, दशैंमा ढुक्क भएर घर जान पाइने (भिडियोसहित)


काठमाडौँ । नेपालीहरूको महान चाड दशैँ मनाउन हरेक वर्ष लाखौँ मानिसहरू काठमाडौं उपत्यकाबाट बाहिरिन्छन् । तर, घर फर्कने यो खुशीको यात्रामा काठमाडौंको मुख्य नाका नागढुङ्गाको कहालीलाग्दो जामले सधैं पीडा थप्ने गर्छ । तर यो वर्ष, सरकारले घण्टौंको यो सकसलाई अन्त्य गर्न निर्माणाधीन नागढुंगा–सिस्नेरी सुरुङमार्ग दशैँमा घर फर्किने यात्रुहरूका लागि अस्थायी रूपमा खुला गर्ने भएको छ ।