देश

ओलीको टीम र आरजुलाई १० करोड बुझाएको खुलासा, शरणार्थीका प्रतिवादीले गरे एक्सपोज (भिडियोहित)

योहो संवाददाता

काठमाडौं — जहाँबाट सुरु हुनुपर्ने हो, त्यहाँबाट अनुसन्धान नै सुरु नभएको । र जहाँसम्म अनुसन्धान पुग्नुपर्ने हो, त्यहाँ पुग्दै नपुगेर झण्डै एकबर्षदेखि रोकिएको नक्कली भुटानी शरणार्थी प्रकरणका मुख्य खेलाडी को हुन् ? मुख्य योजनाकारसँगै यही अपराध गरेको कसुरमा जेल सजाय भोगिरहेका प्रतिवादीसम्म पुगेर यसको वास्तविकता उजागर गर्ने प्रयास गरेका छौं । सम्भवतः अब यो विषय सार्वजनिक भइसकेपछि नक्कली भुटानी शरणार्थी प्रकरणले नयाँ मोड लिनेछ र अनुसन्धान नै नयाँ शिराबाट सुरु भएर प्रधानमन्त्री तहलाई कारबाहीको दायरामा तान्न मद्दत मिल्नेछ । यो सरकार नै भ्रष्टाचारविरुद्ध जेनजीले गरेको विद्रोह र युवाले बगाएको रगतको जगमा बनेकाले अब नयाँ पात्रलाई तान्नुको विकल्प छैन ।