काठमाडौं— ११ दिनअघिसम्म सत्ताको दम्भमा रजगज गरिरहेको नेकपा एमाले आज सडकमा छ । सरकारको रबैया र कार्यशैलीप्रति युवापुस्ताले गरेको आन्दोलनले हिंसात्मक रुप लिएसँगै आक्रोशित जनताको ताण्डवले एकैचोटी सत्ताबाट बाहिरिनु परेको एमाले संविधान दिवसको मौका पारेर सभा गरेको हो । भदौ २४ गतेयता गुमनाम बनेका अध्यक्ष केपी शर्मा ओली ९ दिनपछि सेनको सुरक्षाबाट बाहिर निस्किए पनि पार्टीको कार्यक्रममा भने देखिएनन् । बरु, फेसबुकमार्फत ३८९ शब्दको वक्तव्य जारी गरे । भक्तपुरस्थित गुुण्डुमा डेराबाट सार्वजनिक भए ।
देश


प्रतिक्रिया