काठमाडौं— नेपाली जनताको लामो बलिदानीपूर्ण संघर्षको उपलब्धिस्वरुप पाएको संविधान घोषणाको दशक पुगेको छ । दोस्रो संविधानसभाको अथक प्रयासपछि २०७२ असोज ३ गते राति तत्कालीन राष्ट्रपति रामवरण यादवले संविधान घोषणा गरेका थिए । तर, संविधान कार्यान्वयनको पूर्ण चरणमा जान नपाउँदै अस्तित्वमै प्रश्न उठ्न थालेको छ । दशक पुगेकै वर्ष राजनीतिले नयाँ मोड लियो । यो संविधान निर्माणको क्रममा सहभागी सबै दलहरु सरकार बाहिर छन् । संसद विघटन भएको अवस्था छ । नयाँ पुस्ताले नयाँ परिवर्तन खोजिरहेको छ । संविधान जोगाउने वा नयाँ लेख्ने भन्नेसम्मका बहस छन् । यही बीचमा अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले बदलिँदो आकांक्षाप्रति संवेदनशील बन्न दलहरुलाई आग्रह गरेकी छिन् ।
देश


प्रतिक्रिया