देश

रफ्तार बढाउँदै सुशीलाको टिम, तीन मन्त्रीका चार दिन : विदेशमा रहेकालाई मतदानदेखि सिंहदरबार सिंगारिनेसम्म (भिडियोसहित)


काठमाडौं— जेन–जी आन्दोलनको ज्वारभाटाले सत्ता उलटफेर हुँदा सुशीला कार्की नेतृत्वमा अन्तरिम सरकार गठन भइ कार्यभार सम्हाल्न थालिसकेको छ । प्रधानमन्त्री कार्की नेतृत्वको सरकारसामु आन्दोलनमा बलिदान दिने सहिदहरूको शोकलाई शक्तिमा बदल्दै ठोस परिणाम दिनुपर्ने चुनौती छ । अर्थमन्त्रीमा पूर्वसचिव रामेश्वर खनाल, भौतिक पूर्वाधार तथा ऊर्जा मन्त्रीमा विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङ र गृहमन्त्रीमा न्याय, कानुन तथा मानवअधिकार क्षेत्रमा सक्रिय ओमप्रकाश अर्यालले जिम्मेवारी सम्हालेका छन् । योग्यता र क्षमताका हिसाबले सक्षम मानिएका र विगतमा आफ्नो कार्यदक्षता प्रमाणित गरिसकेका यी मन्त्रीहरूले सरकार गठनको चार दिनमा गरेका मुख्य निर्णयहरू के–के छन् त ? यसलाई बुँदागत रुपमा हेरौँ ।