काठमाडौं— वीरगन्जमा शनिवार थप ५ जनामा हैजा (कोलेरा) संक्रमण पुष्टि भएको छ । शुक्रबार ३ जनामा हैजाको संक्रमण पुष्टि भएकोमा शनिबार थप ५ जनामा हैजा पुष्टि भएको नारायणी अस्पतालले जनाएको छ । अस्पतालमा उपचाररत झाडापखालाका १५ जनामध्ये शंकास्पद शनिबार ८ जनाको परीक्षण गर्दा ची मध्ये ५ जनामा हैजा पुष्टि भएको हो ।
हैजा पुष्टि भएका सबै वीरगन्ज महानगरपालिका वडा नम्बर १२ मुर्लीका रहेका छन । यस्तै अर्को एक अस्पतालमा उपचाररत वडा नम्बर ११ र १३ का दुई जनामा हैजा पुष्टि भएको महानगरपालिकाले जनाएको छ ।
बिरामी भेटिएसँगै रोकथाम तथा नियन्त्रणका लागि वीरगञ्ज महानगर, स्वास्थ्य कार्यालय पर्साकालगायत निकायका टोली शुक्रबार रातिदेखि नै परिचालन भएका छन् ।


प्रतिक्रिया